एउटै औषधिको मूल्य आठ गुणा बढी !

काठमाडौं, पुस २९ । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा आठ गुणासम्म बढी मूल्य तिर्न उपभोक्ता बाध्य भएका छन् । तुलनात्मक रुपमा विदेशबाट आयातितभन्दा स्वदेशमै उत्पादित औषधि झन् महँगो पर्न गएको पाइएको छ ।

राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिएको भएपनि उपभोक्ता महँगोमा औषधि किन्दै आएका छन् । तुलनात्मक रुपमा हेर्दा विदेशबाट आयातित एउटै औषधिको खुद्रा मूल्य प्रति ट्याबलेट १ रुपैयाँ ३४ पैसा भएका बेला सोही औषधि स्वदेशी उत्पादनको प्रति ट्याबलेटको मूल्य ११ रुपैयाँसम्म पाइएको छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 7:01 am