२३ वाणिज्य बैंकको लाभांश घोषणा, हेर्नुहोस कसको कति

रामहरि कार्की/काठमाडौं, पुस २८ । गत आर्थिक वर्ष २०७४–७५ को कमाईबाट वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी राखेका छन् । हालसम्म २७ वाणिज्य बैंक मध्ये २३ वटा बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २७ वाणिज्य बैंकमध्ये हालसम्म ४ बैंकले भने लाभांश घोषणा गर्न बाँकी रहेका छन् । एनसीसी बैंक, सिभिल, सेञ्चुरी र नेपाल बैंकले लाभांश घोषणा गरेका छैनन् । नेपाल बैंकले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेर पनि लाभांश दिएको छैन ।

लाभांश प्रस्ताव गर्ने वाणिज्य बैकहरुमा एनआईसि एशिया, सानिमा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, एनएमवि बैंक, माच्छापुच्छ्रे बैक, सिद्धार्थ बैंक, सनराइज बैंक, बंगलादेश बैंक, कुमारी बैंक, नबिल बेंक, ग्लोबल आईएमई बैंक, इन्भेष्टमेण्ट बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, जनता बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैक, प्रभु बैंक, लक्ष्मी बैंक र कृषि विकास बैंक रहेका छन् ।

सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ, जसले बोनस शेयर १८ प्रतिशत र २२ प्रतिशत नगद लाभांश गरेर जम्मा ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै सिटिजन्स बैंकले १ दशमलव ६३५ प्रतिशत नगद लाभांश र ३ दशमलव ६२८ प्रतिशत बानेस गरी कुल ५ दशमलव २६३ प्रतिशत प्रस्ताव गरेको छ, जुन हालसम्म बैंकहरुले प्रस्ताव गरेको लाभांश मध्यमा सबैभन्दा कम हो ।

दोस्रो बढी लाभांश घोषणा गरेको नबिल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरी ३४ प्रतिशत र तेस्रोमा रहेको एनएमबिले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिएको छ । उसले १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात् मात्र वितरण गरिनेछ । लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन ।

हेर्नुहोस कुन वाणिज्य बैंकले कति घोषणा गरे
१. एनआईसी एशिया बैंकः
बैङ्कले १० प्रतिशत बोनस र शून्य दशमलव ५२६ प्रतिशत नगद दिने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । बैंकको प्रतिशेयर आम्दानी रू। ३६ दशमलव ७८ रहेको छ । हाल बैङ्कले नेपाल भर २ सय ६५ ओटा शाखा सञ्जाल, २ सय ६९ एटिम, ३७ एक्सटेन्सन काउण्टर तथा १८ शाखारहित बैङ्किङ सेवा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

२. सानिमा बैंकः बैंकको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत नगद लाभांश साधारण सभाबाट पारित भएको छ । ८ अर्ब चुक्ता पुंजी पुर्याईसकेको छ । सानिमाले मंसिर २६ गते साधारणसभा सम्पन्न गरिसकेकोले बैंकले पारित गरेको लाभांश शेयरधनीहरुलाई वितरण हुँदैछ ।

३. स्ट्याण्डर्ड चार्टड बैंकः बैकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको ३७६ औं बैठकले गतआर्थिक बर्षको कमाईबाट १७ दशमलव ५० प्रीतशत लाभांश दिने घोषणा गरेको छ । हाल चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४ लाख ३१ हजार रुपैयाँ रहेको छ । गतवर्ष सबैभन्दा बढी लाभांश दिने बैंकको रुपमा स्ट्याण्डर्ड रहेको थियो ।

४. एभरेष्ट बैंकः एभरेष्टले २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार ६९९ रुपैयाँ रहेको छ । एभरेष्टले राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुर्याइसकेको छ ।

५. एनएमबि बैंकः बैंकले गत आर्थिक वर्ष २०७३ – ७४ को कमाईबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

६. माछापुच्छ्रे बैंक: बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रूपैयाँ खुद नाफा गरेको थियो । बैकको प्रतिशेयर आम्दानी १५ रूपैयाँ ८१ पैसा कायम गरेको थियो ।

७. सिद्धार्थ बैंक: बैंकले १३ दशमलव १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले मंसिर ६ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएके छ ।

८. सनराइज बैंक: बैंकको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले शेयरधनीलाई रु ९३ करोड ७५ लाख ४३ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैङ्कले नगद लाभांशका लागि योग्य रहेका शेयरधनीलाई नगद लाभांसमा लाग्ने कर कट्टा गरी रकम प्रदान गरिने छ ।

९. बंगलादेश बैंक: बैंकको शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १० दशमलव ५३ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत र बैकको आगामी बार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

१०. कुमारी बैंकः बैकको गत मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७३–७४ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी बैंकले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले ८ दशमलव ५ बोनस शेयर घोषणा गरेको छ । हाल बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजा ९७३ रुपैंयाँ रहेको छ । बोनश शेयरको लागि बैंकले ६० करोड ८८ लाख ८८ हजार ५७३ छुट्याइएको छ । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ७ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुग्ने छ।

११. नबिल बैंकः बैङ्कको सञ्चालक समितिको मंसिर १७ गते बसेको ५०२ औं बैठकले शेयरधनीलाई हाल कायम रहेको चुक्तापूँजीको ३४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरी ३४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । गतवर्ष नबिल बैंकले ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ ।

१२. ग्लोबल आईएमई बैंकः बैंकको सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बसेको ३०७ औं बैठकले शेयरधनीलाई हाल कायम रहेको चुक्तापूँजीको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । बैंकले गतवर्ष १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड नाघ्नेछ ।

१३. नेपाल इन्भेष्टमेन्ट बैंकः बैंकको सञ्चालक समितिको बैठकले १८ प्रतिशत शेयर शेयर र २२ प्रतिशत नगद लाभांश गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैंया छ । प्रस्तावित बोनस बितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ । बैंकले अघिल्लो वर्ष पनि सोही परिमाणमा लाभांश दिएको थियो तर अघिल्लो वर्ष बोनस शेयरको हिस्सा १५ रुपैंया मात्र थियो भने बाँकी २५ प्रतिशत नगद लाभांश दिइएको थियो ।

१४. सिटिजन्स बैंक इन्टरनेशनल: सिटिजन्सको मंसिर २५ गते बसको सञ्चालिक समितिको २८२ औं बैठकले शेयरधनीलाई ५ दशमलव २६३ प्रतिशत लाभांश दिने भएको छ । प्रस्तावित लाभांश अनुसार बैंकले कुल चुक्ता पुँजीको ३ दशमलव ६२८ प्रतिशत बोनस शेयर र १ दशमलव ६३५ प्रतिशत नगद लाभांश दिने भएको नेप्सेले जनाएको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ । बैंकले गतवर्षको कमाईबाट ३ दशमलव ६२८ प्रतिशतले हुन आउने २९ करोड १४ लाख ४५ हजार ७७३ बोनस शेयरको लागि छुट्याइएको छ । त्यसैगरी चुक्ता पुँजीको १ दशमलव ६३५ प्रतिशतले हुन आउने १३ करोड १३ लाख ५६ हजार १४३ रुपैयाँ नगद लाभांश छुट्याएको छ ।

१५. जनता बैंकः बैकको मंसिर १६ गते बसेको सञ्चालक समितिको २६७ औं बैठकले शेयरधनीलाई ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । जनताको हाल चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँ रहेको छ । बैंकले गतवर्षको कमाई बाट ६८ करोड ६६ हजार ८०३ रुपैयाँ नगद लाभांश छुट्याएको छ ।

१६. बैंक अफ काठमाण्डूः बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २७ गते बसेको ९९ औं बैठकले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर तथा ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल यस बैंकको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार मात्र छ । बोनसपछि पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार पुग्नेछ ।

१७. नेपाल एसविआई बैंकः बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २९ गते बसेको ४३२ औं बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर तथा १० दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ ।

१८. हिमालयन बैंकः बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस ३ गते बसेको ३६४ औं बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर तथा १० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हिमालयन बैंकले अघिल्लो वर्ष २५ प्रतिशत बोनस शेयर सो वापत लाग्न कर सहितको १ दशमलव ३२ प्रतिशत नगद गरि कूल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१९. मेगा बैंकः मेगाको पुस ४ गते बसेको सञ्चालक समितिको २३७ औं बैठकले गत आर्थिक बर्षको कमाईबाट ७ दशमलव ८५२३३ वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले १ दशमलव ००२३३ प्रतिशत बोनस शेयर र ६ दशमलव ८२३३ प्रतिशत नगद गरी कुल ७ दशमलव ८५२३३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ७८ रहेको छ ।

२०. प्राइम कमर्सियल बैंकः बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको ३४८ औं बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत वोनस शेयर वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार ८७० रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ६८९ रुपैयाँ पुग्नेछ ।

२१. प्रभु बैंकः प्रभु बैंकले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट१० दशमलव २६३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैकको पुस २२ मा बसेको संचालक समितिको १३५ औं बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ५ प्रतिशत वोनस शेयर र ५ दशमलव २६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

२२. लक्ष्मी बैंकः लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट ८ दशमलव ९५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैकको पुस २५ मा बसेको संचालक समितिको २१० औं बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ८ दशमलव ५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४५ नगद लाभांशसमेत प्रस्ताव गरको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकको हाल चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८ दशमलव ५० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ ।

२३. कृषि विकास बैंकः कृषि विकास बैंकको पुस २७ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई २१ दशमलव ०५३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंंकका अनुसार बैठकले ६ प्रतिशत बोनस शेयर र १५ दशमलव ०५३ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको छ । बैंकले आव २०७४–७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी रु १३ अर्ब ९३ करोड २५ लाख छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०७५ /Saturday, January 12th, 2019, 9:40 am