ललितपुरबाट लागूऔषधसहित ४ जना पक्राउ

ललितपुर, पुस २७ । प्रहरीले ललितपुरको महालक्ष्मीस्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार साँझ ललितपुर महालक्ष्मीस्थानमा चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्ने ललितपुरका बखतबहादुर खड्का, ललितपुर बस्ने अजय ठाकुर, नख्खु बस्ने विजय कुमार ठाकुर र लगनखेल बस्ने गोरखाका सुदीप बरामलाई ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेटसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 4:50 pm