कृषि विकास बैंकको डबल अफर, कति दिने भयो बोनस र नगद ?

काठमाडौं, पुस २७ । कृषि विकास बैंकको शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई बोनस र नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंंकका अनुसार बैठकले ६ प्रतिशत बोनस शेयर र १५ दशमलव ०५३ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैङ्कको स्विकृति तथा बैङ्कको आगामी साधारण सभाबाट पारित भएपश्चात् मात्र वितरण गरिनेछ । बोनसका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल प्रस्ताव गर्ने कृषि विकास बैंक २३ औं वाणिज्य बैंक बनेको छ । यसभन्दा अगाडि लक्ष्मी बैंक, कुमारी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, मेगा बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, बैक अफ काठमाण्डू, सिटिजन्स बैंक, जनता बैंक, इन्भेष्टमेण्ट बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, बंगलादेश बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड, एनआईसी एशिया र सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 4:08 pm