शुक्रबार कतिमा कारोबार हुँदै छ त सुनचाँदी ?

काठमाडौँ, पुस २७ । साताको छैटौं दिन शुक्रबार नेपाली सुन बजारमा सुनको भाउ स्थिर रहेको छ ।

बुधबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार १ सयमा कारोबार भएकोमा बिहिबार भने प्रति तोलामा ६ सय रुपैया बढेर प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि बिहीबारकै मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी शुकाबर पनि तेजाबी सुन प्रति तोला ६० हजार ४ सय रुपैयाँ मै कारोबार भएको छ ।

बुधबार चाँदी प्रतितोला रु. ७ सय ६० कारोबार भएकोमा बिहीबार प्रति तोलामा ५ रुपैयाँले बढेर प्रति तोला रु. ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि सोहि मुल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 11:19 am