४ कम्पनीको साधारण सभा आज

काठमाडौं, पुस २७ । ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी, समीट लघुवित्त र चिलिमे जलविद्युत कम्पनीले आज (शुक्रवार) वार्षिक साधारण सभा आयोजना हुँदैछ।

ग्लोबल आइएमई बैंकले १२औं वार्षिक साधारण सभा बिहान १० बजे नक्साल ब्यांक्वेट, नक्साल, काठमाडौंमा आयोजना गर्दैछ । बैंकले सो सभामा १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, पूँजी वृद्धि, मर्जर तथा एक्विजिशन लगायतका प्रस्तावहरू लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि बैंकले शेयरधनी दर्ता पुस्तिका पुस १३ गतेदेखि बन्द गरेको छ । पुस १२ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

बुटवल पावर कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा बिहान १० बजे कार्की ब्यांक्वेट, बबरमहल, काठमाडौंमा आयोजना गर्दैछ । कम्पनीले सो सभामा १० प्रतिशत बोनस शेयर, १८ प्रतिशत नगद लाभांश वितरण गर्ने र संचालकहरूको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस ६ गतेदेखि बन्द गरेको छ । पुस ५ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् ।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभा बिहान साढे ८ बजे अग्रसेन भवन, बिर्तामोड, झापामा आयोजना गर्दैछ । कम्पनीले सभामा २३ दशमलव ५३ प्रतिशत बोनस शेयर, १ दशमलव २४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साथै, २ बराबर १९२ः१० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस १७ गतेदेखि बन्द गरेको छ । पुस १६ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २२औं वार्षिक साधारण सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लव, काठमाडौंमा आयोजना गर्दैछ । कम्पनीले सो सभामा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि बन्द गरेको छ । पुस १८ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् । आर्थिक अभियानबाट

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 8:14 am