खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द

काठमाडौँ, पुस २७ । खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द भएको छ । प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रंकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था छैन ।

निजामती सेवा ऐन २०४९ ले सहसचिव र उपसचिवमा खुला प्रतियोगिताबाट प्रवेशको सुरुवात गरेको थियो । यसलाई निजामती सेवामा ‘छड्के प्रवेश’ भनेर चिनिने गरेको छ । त्यसभन्दा पहिले कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतियोगिता (फाइल बढुवा) बाट कर्मचारीको पदपूर्ति हुने थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 7:37 am