सबै ठूला अस्पताल केन्द्र सरकार मातहत

काठमाडौं, पुस २७ । देशका ठूला अस्पताल संघीय सरकार मातहत रहने भएकाछन्। मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ठूला अस्पताल विकास समितिमार्फत सञ्चालन हुँदै आएकामा अब संघीय सरकार मातहत राख्ने निर्णय गरेको हो।

राजधानी दैनिक लेख्छ, सिंहदरबामा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २३ पुस र १९ पुसमा सरकारले गरेको निर्णय सार्वजनिक गर्दै ती अस्पताल संघीय सरकार मातहत रहने जानकारी दिए।

काठमाडौंस्थित कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र संघीय सरकार मातहत रहनेछ।

यसैगरी ललितपुरस्थित मानसिक अस्पताल, काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल, भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र संघ मातहतमा रहनेछन्।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 7:29 am