स्वाभिमान माइक्रोफाइनान्सले आइपीओ निष्काशन गर्ने

काठमाडौं, पौष २६ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । वित्तीय संस्थाले १ लाख ८० हजार कित्ता अर्थात् १ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने अनुमतिका माग्दै पुस २४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

आइपीओमा बिक्री प्रबन्धकको रुपमा यसअघि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ ।

हाल वित्तीय संस्थाको हाल चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । जगेडा कोषमा १८ लाख ६ हजार रुपैयाँ रहेको छ भने कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीका १९ वटा शाखा कार्यालय सञ्चालनमा छन् भने गत असोज मसान्तसम्म कम्पनीका १० हजार ७५७ ग्राहक पुगेका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 6:48 pm