इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घट्यो

काठमाडौं, पुस २६ । नेपाल आयल निगमले हवाई इन्धनको बिक्री मूल्य घटाएको छ ।

घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब हवाई मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमले केही दिनअघि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको थियो । खाना पकाउने ग्यासको मूल्यमा भने घटबढ भएको छैन ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 4:56 pm