बिहीबार दुई वाणिज्य बैंकद्वारा बोनस प्रस्ताव (सूचि सहित)

काठमाडौं, पुस २६ । बिहीबार लक्ष्मी बैंक र कुमारी बैंकले बोनस शेयर प्रस्ताव गरेको छन् ।

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ । बैकको पुस २५ मा बसेको संचालक समितिको २१० औं बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ८ दशमलव ५ प्रतिशत वोनस शेयर प्रस्ताव गरेको हो । त्यसैगरी कर प्रयोजनको लागि ० दशमलव ४५ नगद लाभांशसमेत प्रस्ताव गरको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०। दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकको हाल चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८ दशमलव ५० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ ।

त्यसैगरी कुमारी बैंकले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ । बैकको पुस २५ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ८।५ प्रतिशत वोनस शेयर प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजा ९७३ रुपैंयाँ रहेको छ । बोनश शेयरको लागि बैंकले ६० करोड ८८ लाख ८८ हजार ५७३ छुट्याइएको छ । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ७ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुग्ने छ। कुमारी बैंकमा काष्ठमण्डप, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमान्चल फाइनान्स गाभिएको हुँदा यसमा लाभकर नलाग्ने बैंकले जनाएको छ।

लक्ष्मी र कुमारी बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कको स्विकृति तथा बैङ्कको आगामी साधारण सभाबाट पारित भएपश्चात् मात्र वितरण गरिनेछ । बोनसका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन ।

गतआर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गर्ने बैंकहरुमा लक्ष्मी बैंक, कुमारी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, मेगा बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, बैक अफ काठमाण्डू, सिटिजन्स बैंक, जनता बैंक, इन्भेष्टमेण्ट बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, बंगलादेश बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड, एनआईसी एशिया र सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 12:33 pm