कतिमा भयो डिप्रोक्स् लघुवित्तको शेयरमूल्य समायोजन ?

काडमाडौं, पुस २६ । बिहीबार डिप्रोक्स् लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले गत आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट वितिरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको १० प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता शेयरमूल्य ५८२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । बिहीबार नेरुडेको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्नेछ । डिप्रोक्स्को १७ औं वार्षिक साधारण सभा माघ ११ गते भरतपुर चितवनमा बिहान ११ बजे हुनेछ ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 11:14 am