बिहीबार ह्वात्तै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, पुस २६ । साताको पाँचौ दिन बिहीबार नेपाली सुन बजारमा छापावाल सुनको भाउ बढेको छ ।

बुधबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार १ सयमा कारोबार भएकोमा बुधबार भने प्रति तोलामा ६ सय बढेको छ ।

बिहीबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी बिहीबार तेजाबी सुन प्रति तोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

बुधबार चाँदी प्रतितोला रु. ७ सय ६० कारोबार भइरहेकोमा बिहीबार प्रति तोलामा ५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रति तोला रु. ७ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 11:01 am