डा. केसीले सुरु गरे १६ औं आमरण अनसन

ईलाम, पुस २५ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलाममा सुरु गरेका छन् । डा.केसीले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै अनसन सुरु गरेका हुन् ।

अनसन सुरु गर्नुअघि एक विज्ञप्ति जारी गर्दै डा.केसीले प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रतिबद्धतालाई बिर्सेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको गहन शारीरिक समस्या तथा त्यसको उपचारपद्धतिको दुश्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको आरोप समेत लगाए ।

डा।.केसीले जारी गरेको संक्षिप्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीको शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिको दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दूभाग्यपूर्ण भएको बताएका छन् ।

डा. केसीले इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालयमा अनसन थालेका हुन्।

प्रकाशित मिति: बुधबार, पुस २५, २०७५ /Wednesday, January 9th, 2019, 8:55 pm