कृष्ण दाहालको ‘च्यान्टी मोरी’ सार्बजनिक

हिजो आज युट्युबमा निक्कै राम्रा राम्रा लोकदोहोरिहरु गीतहरु सार्बजनिक हुन थालेका छन् । यस्तै राम्रा लोकदोहोरीमा अर्को एक गीत थपिएको छ, “च्यान्टी मोरी” ।

विगत ९ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका ललितपुरे युवा सर्जक तथा गायक कृष्ण दाहालले यस पटक फरक, मौलिक तथा उत्कृष्ट लय शब्दहरु सहितको नयाँ लोक दोहिरी गित पस्किएका छन् ।

रमाईलो र ठट्यौली शब्दले सुसज्जित रहेको यो नयाँ लोक दोहोरी गीत ‘च्यान्टी मोरी’मा कृष्ण दाहाल र सपना गुरुङको स्वर छ भने कृष्ण दाहालको लय शब्द छ ।

त्यस्तै संगीतमा कृष्ण दाहाललाई दिपा सापकोटाको सहयोग रहेको छ । एकता फ्लिमले निर्माण गरेको यस म्युजिक भिडियोलाइ मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा सञ्जीव ठकुरी र करिश्मा ढकालको जीवन्त अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस कृष्ण दाहालको नयाँ लोक दोहोरि गीत “च्यान्टी मोरी”

सुन मोटी लसुनको पोटी , माया मिसाई हाँसीदेउ एकचोटी
सुन कान्छा गाईले घाँस खान्छ, मैले हाँस्दा मायाको ज्यान जान्छ

प्रकाशित मिति: बिहिबार, पुस १९, २०७५ /Thursday, January 3rd, 2019, 9:56 pm