कविताः खोजि

जगन्नाथ कंडेल

 

खोजि

 

नयाँ वर्षको चाडमा,
चाप्लुसिको चाल्मा,
दालभातको माड्मा,

भट्टिको झोल्मा,
मट्टिको मोल्मा,
बिजुलिको पोल्मा,

गाइको रोल्मा,
सत्यको तोल्मा,
न्यायको खोल्मा,

गल्लिको होल्मा,
मित्रको सोल्मा,
खेलको गोल्मा,

आयुर्वेदिक तेल्मा,
तिहारको सेल्मा,
कुर्सिको खेल्मा,

कम्प्युटरको मेल्मा,
भित्ताको नेल्मा,
नगएको जेल्मा,

न(आएको रेल्मा,
ठेल्लम ठेल्मा,
पेल्लम पेल्मा,

झेल्लम झेल्मा,
मन्दिरको बेल्मा,
शब्दको खेल्मा,

ब्रेकको फेल्मा,
हेभन र हेल्मा,
ब्र्ह्मको ब्रेन्मा,

मैले खोजी गरिरहें

प्रकाशित मिति: सोमवार, पुस १६, २०७५ /Monday, December 31st, 2018, 6:39 pm