बौद्ध स्तुपामा प्वालैप्वाल पार्ने चिनियाँ ताइवानी

काठमाडौं, पुस ७ । बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए । स्तुपको सोक्सिङदेखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए ।

प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो । प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल ।

स्तुपमा आगलागी भयो भने के गर्ने रु लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ ताइवानीलगायतका भिक्षु, सहभागी थिए ।

विदेशी आएर हाम्रो सम्पदा खोप्ने ? लामाले सुनाए ।

स्तुप हेरेर केहीेबेर लामासँग कुराकानी गरे अभियान्ताले । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०७५ /Saturday, December 22nd, 2018, 7:46 am