नेपाल आइडल–२ को उपाधि रवि ओडलाई

काठमाडौँ, पुस ७ । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् ।

शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् ।

आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले रु २० लाख पुस्कार पाए । त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए । उनले रु १२ लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०७५ /Saturday, December 22nd, 2018, 7:25 am