टाइगरको “बागी ३” प्रदर्शन मिति तय

काठमाडौँ, पुष ५ । बागी र बागी २ को सफलता पछि “बागी ३” बन्ने भएको छ । चलचित्र बन्नु अघि नै नायक टाइगर श्राफको मुख्य भूमिका रहेको ‘बागी ३’को प्रदर्शन मिति तय गरिएको छ ।

चलचित्रका निर्माता साजिद नाडियाडवालाले चलचित्र निर्माण अगाडि नै यसको प्रदर्शन मिति फाइनल गरेका छन् ।

भारतीय मिडियामा आएका समाचार अनुसार यो चलचित्र सन् २०२० को मार्च ६ तारिखबाट रिलिजमा आउने भएको हो । टाइगरले यो चलचित्रमा पनि खतरनाक एक्सन गरेको देख्न पाइने समाचारमा बताइएको छ । बागीका सिरिजले नै बलिउडमा टाइगरलाई स्टार बनाएको छ ।

यो चलचित्रमा नायिका साराअली खानले काम गर्ने चर्चा पनि भारतीय मिडियामा चलिरहेको भए पनि अहिलेसम्म साराले भने केहि बताएकी छैनन् ।

चलचित्रको प्रदर्शन मिति तय गर्दै यसका निर्माताले यसपटक चलचित्र अझ विशेष हुने बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस ५, २०७५ /Thursday, December 20th, 2018, 8:13 pm