यी हुन् सबैभन्दा असुरक्षित पासवोर्ड, तपाइको पनि पर्यो कि ??

हिजो आज इन्टरनेटको प्रयोग बढ्दो छ । बढ्दो इन्टरनेट प्रयोग संगै अनलाइनमा गरिने कामहरु पनि बढ्दो छ । चाहे हामीले चलाउने सोसल मिडिया फेसबुक, ट्वीटर होस् या इमेलको लागि प्रयोग गरिने हटमेल, याहु जिमेल होस् , हरेकमा सेक्युरिटीको रुपमा पासवोर्डको प्रयोग भएको हुन्छ । वास्तबमै पासवोर्ड बिनाको इन्टरनेट अधुरो नै छ ।

तर यस्तो महत्वपुर्ण कुराको बारेमा अधिकांश सचेत नहुदा सजिलो पासवोर्ड राख्दा उनीहरुको व्यक्तिगत जानकारीहरु चोरी हुने वा ह्याक हुने गरेको पाइन्छ ।

सन् २०१८ मा यस्ता धेरै घटना सार्बजनिक भएका छन् जसले सम्झन सजिलो भनेर कमजोर पासवर्ड राखेका थिए । यस बर्ष इन्टरनेटको संसारमा विभिन्न किसिमका डेटा ब्रीचदेखि ह्याकिंगका घटनासम्म सार्वजनिक भए, जसमा एउटै समानता थियो त्यो हो यूजर्सको कमजोर पासवर्ड ।

साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले सन् २०१८मा प्रयोग गरिएको सबै भन्दा कमजोर पासवोर्डको सुची नै सार्बजनिक गरेको छ ।

सार्बजनिक गरिएको सुचिमा यस वर्षको सबैभन्दा कमजोर पासवर्ड हो  १२३४५६ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो ।

त्यस्तै सबै भन्दा कमजोर पासवर्डको दोश्रो स्थानमा रहेको शब्द हो password । यो पनि लगातार पांच बर्ष सबै भन्दा कमजोर पासवोर्डको सुचिमा दोस्रो स्थानमा रहेको छ ।

कमजोरको यो सूचीमा अन्य केहि सामान्य प्रयोगमा आउने पासवर्डहरु पनि रहेका छन जसमा क्वेर्टी (qwerty) र एडमिन (admin) समावेश छन भने यो वर्ष खराब पासवर्डको सूचीमा नयाँ पासवर्डहरु पनि थप भएका छन जसममा अंग्रेजी शब्दको प्रिन्सेस(princess), सनसाइन(sunshine), [email protected]#$%^&* र डोनाल्ड (donald) पनि रहेका छन् ।

अनलाइन सेक्योरिटी विज्ञहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्ना पासवर्डको सुरक्षाका विषयमा लगातार सचेत गरिरहेका छन् तर पनि विश्वका कयौ मानिसहरुले आफ्नो इमेल, स्मार्टफोन, ल्यापटप, कम्प्युटर तथा अन्य डिभाइस र अकाउन्टहरु सुरक्षित बनाउनका लागि यस्तै कमजोर वा सजिलैसँग अनुमान गर्न सकिने खालका पासवर्ड राखिरहेका हुन्छन ।

यस्ता जो कोहिले पनि सजिलै अनुमान गर्न सक्ने पासवोर्ड राख्दा त्यो एकाउन्ट ह्याक हुने सम्भावना धेरै हुन्छ । त्यसैले यदि तपाईँ पनि यस्तो खराब पासवर्ड प्रयोग गरिरहनुभएको छ भने त्यसलाई तत्काल परिवर्तन गरेर सुरक्षित हुनुहोस् । पासवर्ड राख्दा ससक्त र अन्य व्यक्तिले अनुमान र प्रयोग गर्न नसक्ने किसिमको पासवर्ड राख्नुहोस् ।

सकेसम्म पासवर्डमा विभिन्न किसिमको संयोजन गर्नुहोस् । जसमा अपरकेस, लोअरकेस, नम्बर, स्पेशल क्यारेक्टर्स लगायत मिलाएर पासवर्ढ बनाउनुस् । र आफ्नो पासवर्ड कम्यूटरवा मोबाइलमा रेकर्ड गर्ने वा अन्य स्थानमा लेखेर राख्ने नगर्नुस् ।

कम्पनीले सन् २०१८ मा ह्याक भएका ५० लाख अकाउन्टहरुमा आधारित भएर उक्त अध्ययन गरेको हो । त्यसको आधारमा कम्पनीले सन् २०१८ का सबैभन्दा कमजोर २५ वटा पासवर्डको सूचि सार्वजनिक गरेको छ । रिपोर्टअनुसार पछिल्लो एक वर्षमा विश्वभरका १० प्रतिशत मानिसहरुले ती २५ वटा खराब पासवर्डमध्ये कुनै एकको प्रयोग गरेको पाइएको छ ।

यी हुन् सबैभन्दा कमजोर २५ पासवर्ड

123456
Password
123456789
12345678
12345
111111
1234567
sunshine
qwerty
iloveyou
princess
admin
welcome
666666
abc123
football
123123
654321
[email protected]#$%^&*
charlie
aa123456
donald
password1
qwerty123

रिपोर्टमा प्रयोगकर्तालाई फरक फरक अकाउन्ट वा डिभाइसका लागि फरक फरक पासवर्ड प्रयोग गर्न पनि सुझाव दिइएको छ । यसो गर्दा ह्याकरले तपाइँको एउटा अकाउन्ट वा डिभाइसको पासवर्ड हात पारेर ह्याक गरेसँगै सबै डिभाइस वा अकाउन्ट स्वतः असुरक्षित हुने खतरा हुँदैन ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५ /Wednesday, December 19th, 2018, 4:54 pm