आइतबार काठमाडौं जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (हेर्नुस् नाम सहित)

भक्तपुर, पुस २२ । आइतबार काठमाडौं जिल्लाको प्रावि तहको नतिजा शिक्षक सेवा आयोगले सार्वजनिक गरेको छ ।

यसअघि ७४ जिल्लाका प्रावि तहको नतिजा सार्वजनिक भएका छ्न् । नतिजा सार्वजनिक भएका जिल्लाहरुमा भक्तपुर,पर्सा, सिन्धुपाल्चोक, बारा, ललितपुर, रसुवा, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, स्याङ्जा, तनहुँ गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी, मनाङ, लमजुङ, वागलुङ, चितवन, पर्वत, मुस्ताङ, म्याग्दी, रौतहट, मकवानपुर, सर्लाही सिन्धुली, दाङ, धनुषा, सल्यान, प्युठान, रामेछाप, महोत्तरी, सिरहा, रुकुम, रोल्पा, बाँके, दोलखा, ओखलढुंगा, बर्दिया, उदयपुर, सप्तरी, जाजरकोट, दैलेख, सुर्खेत रहेका छन् ।

त्यसैगरी आयोगले कालीकोट, डोल्पा, सोलुखुम्बु, खोटाङ, जुम्ला, मुगु, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, कैलाली, डोटी, अछाम, ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा, सुनसरी, मोरङ, संखुवासभा, धनकुटा, भोजपुर र जुम्लाको नतिजा पनि आइसकेको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले गतमंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।

यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो ।

परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

हेर्नुहोस आइतबार प्रकाशित नतिजा

प्रकाशित मिति: आइतवार, पुस २२, २०७५ /Sunday, January 6th, 2019, 7:04 pm