सामसुङको ग्यालेक्सी एस १० फेब्रुअरीमा सार्बजनिक हुँदै, कति पर्छ त मूल्य ?

सामसुङले सन् २०१९ मा आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनलाई बजारमा ल्याउने तयारी गरिरहेको छ । पछिल्लो केहि समय देखि सामसुङको नयाँ फ्लागशीप स्मार्टफोन ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् ।

बाहिरिएका समाचार अनुसार सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको छ ।

सामसुङले सो अवसरमा आफ्ना नयाँ तिन फ्लागशीप स्मार्टफोन सार्बजनिक गर्ने खबर छ । यस पटक सामसुङले ग्यालेक्सी एस टेन, एस टेन प्लस तथा एस टेन लाइट गरी तिन भेरिएन्टका स्मार्टफोन ल्याउने समाचारमा जनाइएको छ ।

Gizmodo UK को एक रिपोर्ट अनुसार सामसुङ ग्यालेक्सी एस टेन सिरिजका स्मार्टफोन फेब्रुअरी २० मा लञ्च हुनेछ । लञ्च लगत्तै स्मार्टफोनको प्रिअर्डर पनि सुरु हुनेछ र मार्च ८ देखि बजारमा बिक्रि सुरु हुनेछ ।

सामसुङ ग्यालेक्सी एस टेनमा ६.१ इन्चको डिस्प्ले हुनेछ । त्यस्तै एस टेन प्लसमा ६.४ इन्च तथा एस टेन लाइटमा ५.८ इन्चको डिस्प्ले रहने बताइएको छ ।

ग्यालेक्सी एस टेनमा १२८ जिबी था ५१२ जिबी स्टोरेज गरी दुई भेरिएन्ट उपलब्ध हुनेछन । जसको मूल्य क्रमशः ७ सय ९९ युरो र ९ सय ९९ युरो रहनेछ ।

त्यस्तै ग्यालेक्सी एस टेन प्लसमा १२८ जिबी, ५१२ जिबी र १ टिबी गरी तिनवटा भेरिएन्ट रहने अनुमान गरिएको छ । जसको मूल्य क्रमशः ८९९, १०९९ र १३९९ युरो हुनेछ ।

त्यस्तै ग्यालेक्सी एस १० लाइट १२८ जिबीको भेरिएन्ट उपलब्ध हुने र यसको मूल्य भने मूल्य ६६९ युरो हुने बताइएको छ ।

त्यस्तै पछिल्लो लिक अनुसार ग्यालेक्सी एस टेनमा जम्मा ६ वटा क्यामरा हुनेछन । त्यस्तै फ्रन्टमा इन डिस्प्ले क्यामराको प्रयोग हुने छ ।

त्यस्तै ग्यालेक्सी एस टेन र एस टेन प्लस चार कलर अप्सन कालो, सेतो, निलो र हरियोमा उपलब्ध हुनेछन । तर एस टेन लाइट भने पहेलो सहित पांच कलर अप्सनमा उपलब्ध हुने छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५ /Saturday, December 15th, 2018, 6:09 pm