युट्युबमा आयो चलचित्र ‘लिलिबिली’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक गरिएको छ ।

गत वर्ष चैतमा हल रिलिज भएको चलचित्र ‘लिलिबिली’ युट्युबमा डिसेम्बर १३ मा अपलोड गरिएको हो । चलचित्रमा अभिनेता प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘लिलिबिली’मा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुप बिक्रम शाही, सबिन श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

हेर्नुहोस चलचित्र लिलिबिली

प्रकाशित मिति: आइतवार, पुस १, २०७५ /Sunday, December 16th, 2018, 3:49 pm