अशोक दर्जीको नया गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्बजनिक, हेर्नुहोस भिडियो

मङ्सिर २७, काठमाडौँ | “मन बिनाको धन ठूलो कि धन बिनाको मन”बाट निक्कै चर्चा कमाएका चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी तथा एआर बुढाथोकी(टंक बुढाथोकीको छोरा)को स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।

यस ‘चौरीको चाम्रो छुर्पी’ गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ । सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र निर्देशन रहेको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर २७, २०७५ /Thursday, December 13th, 2018, 7:44 pm