भारतका चर्चित कमेडियन कपिल शर्माले गरे बिहे ( तस्बिर सहित )

काठमाडौँ, मङ्सिर २७। केहि समय डिप्रेशनको शिकार भएपछि विस्तारै तंग्रिदै गरेका भारतका चर्चित कमेडियन कपिल शर्माले पञ्जाबको परम्परागत शैलीमा बिहे गरेका छन् ।

शर्माले वुधबार आफ्नो बच्चैदेखिको साथ गिन्नीसँग बिहे गरेका हुन् । यो विवाह गिन्नीको होमटाउन जालन्धरमा भएको हो ।

उनीहरु लामो समयदेखि प्रेममा पनि थिए । गिन्नीले कपिललाई सुख र दुखमा साथ दिएकी छिन् ।

उनको बिहेमा भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, जस्विर जैसी लगायत थिए । शर्मा कडा सुरक्षाको विचमा बिहेको मण्डपमा पुगेका थिए ।

केहि समयको विश्रामपछि कपिल आफ्नो चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आउने खबर छ । उनले शो सुरु गर्नु अगाडि बिहे गरेका हुन् ।

कपिल र गिन्नीको विवाहका तस्बिरहरु सार्वजनिक भएका छन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर २७, २०७५ /Thursday, December 13th, 2018, 12:38 pm