होमवर्क नगर्दा ‘चर्पी सफाइ’

काठमाडौं, मंसिर २३ । जनकपुरको बटेश्वर–१ का ११ वर्षीय वसन्तकुमार महतोलाई होमवर्क नगरेको भन्दै शिक्षकले चर्पी सफा गर्न लगाएर यातना दिएका छन् ।

सनसाइन इंग्लिश बोर्डिङ स्कुलका शिक्षक फ्रेंकी चेमजोङले महतोलाई अंग्रेजी विषयका चार होमवर्क नबुझाएको रिसमा चर्पी सफा गर्न लगाएकी हुन् । कक्षा ५ मा अध्ययनरत अरु २ विद्यार्थीलाई पनि चर्पी सफाइ गर्न लगाइएको थियो ।

वसन्तका बुबा विन्देश्वरले विद्यालय प्रशासन र शिक्षकविरुद्ध गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २३, २०७५ /Sunday, December 9th, 2018, 8:31 am