गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, मङ्सिर २२ । आइचर गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ नयाँबजार कालधारामा फोहर बोक्ने बा३ख ४३२० नंको आइचर गाडीको ठक्करबाट बा ५१ प ६८६७ नंको मोटरसाइकल चालक काठमाडौँ धोबिचौरका ३० वर्षीय अनिल गुरुङकोे मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख पिताम्बरसिंह धामीले गाडीको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार दिउँसो मृत्यु भएको जानकारी दिनुभयो ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको वृत्तले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 8:38 pm