श्रृखला मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन्

काठमाडौं, मंसिर २२ । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

श्रृखला मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन्यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका छन्। यीनै ५ देशका सुन्दरीबाटै यो वर्षको मिस वर्ल्ड घोषणा गरिने छ।

विश्वका १ सय २१ देशका सुन्दरीहरुको सहभागिता रहेको यस वर्षको मिस वर्ल्डमा शृंखला दुई अवार्ड हात पार्दै अन्तिम प्रतिस्पर्धामा छानिएकी थिइन्। श्रृखला मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन्।

टप ३० बाट टप २० हुँदै श्रृखला टप १२ मा पर्न सफल भएकी थिइन्।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 7:22 pm