शनिबार ६ जिल्लाका प्रावि तहको कार्यरत अस्थायी शिक्षकको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, मंसिर २२ । शिक्षक सेवा आयोगले शनिबार कालीकोट, डोल्पा, सोलुखुम्बु, खोटाङ, जुम्ला र मुगु गरी ६ जिल्लाको कार्यरत अस्थायी शिक्षकहरुको नतिजा सार्वजनिक गरेको छ । यसभन्दा अगाडि विभिन्न प्रदशेका २० जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, कैलाली, डोटी, अछामको प्रावि तहको नतिजा आइसकेको हो । यस्तै, ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा, सुनसरी, मोरङ, संखुवासभा, धनकुटा, भोजपुर र जुम्लाको नतिजा पनि आइसकेको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवार देखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न शुरु गरेको हो ।

यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।

आयोगले शुक्रवार प्राथमिक तहको मोरङ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको मुगु जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको हुम्ला जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको खोटाङ जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको सोलुखुम्बु जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको डोल्पा जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कालिकोट जिल्लाको नतिजा प्रकाशन

यो पनि पढ्नुहोस

हेर्नुहोस २० जिल्लाका प्रावि तहको कार्यरत अस्थायी शिक्षकको नतिजा (नामसहित)

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 5:55 pm