नेकपाका चार शीर्ष नेताहरुद्वारा सचिवालय बैठक बहिस्कार

काठमाडौं, मंसिर २२ । पार्टी एकिकरणका बाँकी कामको टुंगो लगाउने लगायत विषयमा छलफल गरेर टुंगो लगायन शनिबार दिउसो ३ बजेका लागि नेकपा सचिवालयको बैठकको समय निर्धारण गरिएको थियो । शुक्रबारको बैठक पनि प्रधानमन्त्रीको व्यस्ततका कारण शनिबारको लागि सारिएको थियो।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल समेत बैठक कक्षमा नदेखिए पनि अन्य सदस्यहरु बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम बालुवाटारबाट निस्किएर हिंडे । नेताहरु बैठक समयमै सुरु नभएको भन्दै हिँडेका हुन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 5:06 pm