कतिले बढ्यो यो साता सुनचांदीको मूल्य ?

काठमाडौँ, मङ्सिर २२ । यो साता सुनको मूल्य १ हजार ३ सय रुपैयाले बढेको छ । साताको पहिलो दिन आइतबार छापावाल सुन प्रति तोला ५७ हजार २ सय रुपैयामा कारोबार भएको थियो भने सोमबार प्रति तोला २ सयले बढेर प्रति तोला ५७ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ५८ हजार ३ सय रुपैया पुगेको थियो भने बुधबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ५८ हजार ४ सय रुपैया पुगेको थियो ।

बिहिबार फेरी रु ३ सयले बढेर ५८ हजार ७ सय रुपैया प्रति तोला पुगेको थियो तर शुक्रबार भने सुनको मूल्य घटेको थियो, शुक्रबार छापावाल सुन प्रतितोला २ सयले घटेर ५८ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै चांदी भने यो हप्ता तोलामा १५ रुपैया बढेको छ ।

आइतबार र सोमबार चाँदी प्रतितोला ७ सय रुपैयामा कारोबार भएको थियो भने मंगलबार तोलामा १० रुपैयाले बढेर प्रतितोला ७ सय १० मा कारोबार भएको चांदी बुधबार भने ५ रुपैयाले बढेर तोलाको ७ सय १५ रुपैया पुगेको थियो ।

बिहिबार पनि तोलामा ७ सय १५ रुपैयामा कारोबार भएको चांदी शुक्रबार पनि तोलामा ७ सय १५ रुपैयामा कारोबार भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 4:04 pm