वर्ल्ड भिजनको सुविधा काउण्टर अब चापागाउँमा

ललितपुर, मंसिर २२ । वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीको सुविधा काउण्टर चापागाउँमा शनिबारबाट सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमकाबीच राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सञ्चालक केबी उप्रेतीले सुविधा काउण्टरको उद्घाटन गरे । यो वर्ल्ड भिजनको पहिलो सुविधा काउण्टर हो ।

वर्ल्ड भिजन सहकारीलाई बचतको काम मात्र नगरेर गैरबचतको काम गर्न उप्रेती आग्रह गरे । प्रमुख अथिति उप्रेतीले भने– ‘३० प्रतिशत बहुउद्देश्यको काम नगर्ने सहकारीलाई अब बचत तथा ऋणमा विधानत रुपान्तरण गरिनेछ ।’ चापागाउँबासीको सुविधालाई ध्यानमा राखेर कृषिमा लगानी गर्न सुझाव दिए । ‘कृषिमा लगानी गरे सहकारी बैंकले पनि सहयोग गर्नेछ ।’ उप्रेतीले भने । गैरबचतको कार्य सहकारीले गर्दा जिडिबी बढाउन सहयोग पुग्ने उप्रेतीको भनाई थियो ।

उद्घाटन समारोहमा ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामशरण बस्ने, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका तालिम अधिकृत सुशिल बस्नेतलगायत स्थानीय व्यापारीहरु, बुद्धिजीवीहरु, लब्धप्रतिष्ठित व्यक्तिहरु, सञ्चालक समितिका तथा कर्मचारीहरुको पनि उपस्थिति थियो ।

ललितपुर जिल्लालाई कार्यक्षेत्र बनाई २०६८ सालमा स्थापित सहकारी संस्थामा हाल ६ सय भन्दा बढि शेयर सदस्य आवद्ध रहेका छन् । संस्थाको हाल शेयर पूँजी १ करोड ३१ लाख रहेको अध्यक्ष चेतनाथ बजगाईले बताए ।


——Advertisement—-

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 1:40 pm