नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ, मङ्सिर २२ । स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न र तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित गरेर आज बस्न लागेको हो ।

बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठनका विषयमा पनि छलफल हुने संभावना रहेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएर झन्डै साढे चार सयको केन्द्रीय समिति बनेपनि कार्यविभाजन हुन नसक्दा पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 11:45 am