मिस वर्ल्डको फाइनल नतिजा आज

काठमाडौँ, मङ्सिर २२। मिस वल्र्डको फाइनल नतिजा आज सार्वजनिक हुँदैछ । चीनको सान्यामा हुने मिस वल्र्डमा नेपालकी २३ वर्षीया मिस नेपाल शृंखलाले खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन ।
नेपाली समयअनुसार बेलुकी पौने ५ बजे मिस वल्र्डको अन्तिम नतिजा घोषणा हुनेछ । मिस वल्र्डको फाइनल घोषणा मिस वल्र्डको आधिकारिक युट्यूब च्यानलबाट हेर्न सकिन्छ ।

विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट ‘मिस वर्ल्ड’ प्रतियोगिताको ६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वल्र्ड भएका छन् ।
मिस वल्र्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।

यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल शृखला खतिवडालाई सबैले दाबेदारका रुपमा हेरेका छन् । शृखलालाई आज दिउँसो ४ बजेसम्म भोट गर्न सकिनेछ । मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृखलाले मिस वल्र्डको उपाधि जितेमा भारतपछि मिस वल्र्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन । शृखलाको हौसला बढाउन उनका बुबा र आमा पनि चीन पुगीसकेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 11:33 am