सिद्धार्थ बैङ्कको ऋणपत्र निष्कासन तथा विक्री खुला आइतवारदेखि

काटमाडौं, मङ्सिर २२ । सिद्धार्थ बैङ्कको ऋणपत्रको निष्कासन तथा विक्री खुला आइतवार (मंसिर २३) देखि हुने भएको छ । बैङ्कले २२ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याउन लागेको हो । सो मध्ये ४ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि, २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १७ लाख ७७ हजार ५ सय कित्ता निजी संस्थालाई विक्री गर्नेछ ।

बैङ्कले यो ऋणपत्रलाई ७ वर्षसम्म वार्षिक १० दशलमव ५ प्रतिशत ब्याज दिनेछ । लगानीकर्ताले यो ऋणपत्रमा छिटोमा मङ्सिर २६ र ढिलोमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । ७ वर्षको ऋणपत्र आर्थिक वर्ष २०८१/८२ मा परिपक्व हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले यस ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने एन पी एलबिबि प्लस गे्रडिङ प्रदान गरेको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै, सिद्धार्थ बैङ्क र नेपाल धितोपत्रबोर्डबाट स्वीकृत प्राप्त आस्बा सेवामा सहभागि बैङ्क तथा वित्तीय संस्था र तिनका शाखाबाट पनि आवेदन दिन सकिनेछ । आर्थिक अभियानबाट

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 9:27 am