सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर

काठमाडौं, मंसिर २२ । सांसद आवसका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ । तर, सरकार संसाद आवास भवन भने छुट्याईको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ ।

मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ ।

संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ ।

हामीले एक महिना भयो कोठा पाएका छैनौँ ।

छुवाछुतको भेदभाव हुनेछैन भनेर संसद्मा सुनिरहेका छौँ । काठमाडौंमै यस्तो छ भने गाउँ गाउँमा के होला ?

उनले दलित शब्द नै हटाउन आग्रह गरिन् । भनिन्, हामी दलित होईनौँ, शिल्पी हौँ ।

यो विषयमा त्यसपछि केहि दिन सदनमा चर्चा भयो ।
भैँसेपाटीमा सांसद आवास बनाउन संसद् सचिवालयको नाममा रहेको १ सय ४९ रोपनी चार आना जग्गामा आवस बनाउनुपर्नेमा सरकार र संघीय संसदका पदाधिकारीबीच छलफलसमेत भयो । छलफलमै सिमित भयो । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 7:00 am