पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका मालिक पाण्डे विरूद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं, मंसिर २१ । पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे विरूद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूलनहर निर्माणमा अनियमितता भएको अख्तियारको ठहर छ ।

उक्त मुद्दामा तीन आयोजना प्रमुख, दुई ठेकेदारसहित २१ जनाविरुद्ध मुद्दा दायर गरिएको हो। उनीहरुमाथि साढे ८ अर्ब बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो । पाण्डे विरूद्ध २ अर्ब १३ करोड ७६ लाख विगो माग गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५ /Friday, December 7th, 2018, 5:10 pm