रोकिएन सुनको मूल्य बढ्ने क्रम, यस्तो छ आजको मूल्य

काठमाडौँ, मङ्सिर २० । साताको पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ५८ हजार ४ सय रुपैया पुगेको थियो भने बिहिबार फेरी रु ३ सयले बढेर ५८ हजार ७ सय रुपैया प्रति तोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ५८ हजार ३ सय रुपैया पुगेको थियो ।

साताको पहिलो दिन आइतबार छापावाल सुन प्रति तोला ५७ हजार २ सय रुपैयामा कारोबार भएको थियो भने सोमबार प्रति तोला २ सयले बढेर प्रति तोला ५७ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै बिहिबार तेजावी सुनको मूल्य ५८ हजार ४ सय रुपैया रहेको महासंघले जनाएको छ ।

बिहिबार चाँदीको मूल्य भने स्थिर अर्थात् टु ७ सय १५ प्रति तोला रहेको छ। मंगलबार तोलामा १० रुपैयाले बढेको चाँदीको मूल्य बुधबार भने ५ रुपैयाले बढेर ७ सय १५ रुपैया प्रति तोला रहेको छ । आइतबार र सोमबार चाँदी प्रतितोला ७ सय रुपैयामा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७५ /Thursday, December 6th, 2018, 11:07 am