परीक्षामा असफल अस्थायी शिक्षक तत्काल नहट्ने

भक्तपुर, मंसिर २० । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुविधा रोजेका तथा परीक्षामा असफल अस्थायी शिक्षकहरु तत्काल बिदा नहुने जनाएको छ ।

लिखित परीक्षाको सम्पूर्ण नतिजा आइसकेपछि पनि प्रयोगात्मक परीक्षा र अन्तवार्ता नहुञ्जेलसम्म अस्थायी शिक्षकहरुलाई सेवाबाट बिदा नगरिने केन्द्रले स्पष्ट पारेको छ ।

केन्द्रले शिक्षा मन्त्रालयले मंसिर १७ गते गरेको मन्त्रीस्तरीय निर्णय अनुसार अन्तर्वार्ता अघि कुनैपनि अस्थायी शिक्षकलाई सेवामा बाधा नपुर्याउन ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाई र ५ वटै शिक्षा विकास निर्देशनालयहरुलाई निर्देशन दिएको हो ।



प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७५ /Thursday, December 6th, 2018, 10:44 am