कालिकाले दिने भयो बोनस र नगद लाभांश

काठमाडौं, मंसिर २० । बिहीबार कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।

कालिका लघुवित्त वित्तीय संस्थाले ८ प्रतिशत बोनस शेयर शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

लाभांशका लागि कालिकाले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र कालिकाको लाभांश पाउनेछन ।

कालिकाले अघिल्लो वर्ष लघुवित्तले २१।२१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव १२ प्रतिशत नगद गरि कूल २२ दशमलव ३३ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७५ /Thursday, December 6th, 2018, 10:32 am