बुधबार पनि शिक्षा सेवा आयोगले प्रकाशित गर्यो दुई जिल्लाको प्रावि तहको नतिजा (सूचिसहित)

भक्तपुर, मंसिर १९ । शिक्षक सेवा आयोगले बुधबार बैतडी र डडेलधुरा जिल्लाको प्रावि तहको नतिजा प्रकाशन गरेको छ । मंगलबारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो । आयोगले मंगलबार प्रावि तहको ताप्लेजुङ र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको थियो ।

शिक्षक सेवा आयोगल गत भदौमा लिईएको कार्यरत अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन गर्ने क्रममा विभिन्न क्षेत्रको, विभिन्न विषयको नतिजा प्रकाशन गर्ने क्रममा विभिन्न क्षेत्रको विभिन्न विषयको नतिजा फरक फरक समयमा प्रकाशन गरेको छ ।

आयोगले मिति २०७५ मंसिर १० गतेदेखि नतिजा प्रकाशन गर्न सुरु गरेको थियो । आयोगले सुचना प्रकाशन गर्दै मंसिर १० गते सुरुमा कार्यरत अस्थायी शिक्षकको निम्नमाध्यमिक पुर्वाञ्चल क्षेत्रको गणित विषयको नतिजा प्रकाशन गरेको थियो ।

नतिजा प्रकाशनकै क्रममा आजसम्म विभिन्न विषयको विभिन्न क्षेत्रको मा।वि। र नि।मा।वि। तहको विभिन्न विषयहरु गणित, विज्ञान, नेपाली, सामाजिक लागायतका विषयहरुको नतिजा प्रकाशन गरेको छ र अझै केहि विषयको नतिजा आउन बाँकी रहेका छन् ।

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको डडेल्धुरा जिल्लाको नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बैतडी जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ /Wednesday, December 5th, 2018, 5:12 pm