यसकारण नेप्सेमा बुधबार ठुलो पहिरो

काठमाडौँ, मङ्सिर १९| केहि दिनदेखि लगातार घटिरहेको नेप्से सोमबार र मंगलबार थामीए पनि बुधबार भने नेप्सेमा ठुलो पहिरो गएको छ ।

मंगलबार १०.२७ अंकले बढेर १ हजार १ सय ४२ अंकमा पुगेको नेप्से बुधबार २२.८० अंकले घटेर १ हजार १ सय १८ दशमलब १९ अंकमा आइ पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ६७ अंकले घटेर २ सय ४२ दशमलव ९३ अंकमा पुगेर बन्द भएको छ ।

बुधबार नेप्से ह्वात्तै घटेपनि कारोबार रकममा भने थोरै मात्र गिरावट आएको छ । मंगलबार कुल १ सय ६१ कम्पनीको १२ लाख २२ हजार १ सय ४४ कित्ता शेयर किनबेच हुँदा ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैया बराबरको कारोबार भएको थियो भने बुधबार १५६ कम्पनीको ११ लाख ६८ हजार २ सय ३३ कित्ता सेयर किनबेच हुँदा ३७ करोड ७२ लाख ८६ हजार २ सय ७९ रुपैयाको कारोबार भएको छ ।

कारोबार रकममा थोरै गिरावट आउनुलाई सकारात्मक रुपमा नै लिन सकिन्छ ।

बुधबार कारोबारमा आएका सबै समूह  घटेका छन्  । यस दिन सबै भन्दा बढी निर्जिबन बिमा समुह १८५.२६ अंकले घटेको छ भने सबै भन्दा कम फाइनान्स समूह २.४ अंकले घटेको छ ।

यस दिन नेपाल बैंक लिमिटेड र ग्लोबल आइएमइ बैंकको सर्बाधिक कारोबार भएको छ ।

ह्वात्तै घटेको बजारमा पनि यस दिन हाथवे फाइनान्सका लगानीकर्ताले भने ५ दशामलबा ७७ प्रतिशतले कमाएका छन्

यस दिन सर्बाधिक गुमाउनेमा राधि हाइड्रोपावरकम्पनीका लगानीकर्ता रहेका छन् ।

नेपाल बैंकर्स सङ्घको मंगलबार बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेको थियो । आज केहि बैंकहरुले १२.५% सम्म ब्याजमा निक्षेप संकलन गर्न सुचना जारि गरेकोले ऋणमापनि ब्याज बढ्ने त्रास लगानीकर्तामा छाएको छ । जसले गर्दा सेयर बजार घट्न टेवा पुगेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ /Wednesday, December 5th, 2018, 3:20 pm