चौतारी लघुवित्तको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, मङ्सिर १९ । बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर (आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो ।

उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कूल बिक्री गर्न लागिएको शेयरमध्ये तीन हजार कित्ता सामूहिक लगानी कोष र नौ हजार ३०० कित्ता संस्थामा कार्यरत कर्मचारीलाई छुट्याइएको छ ।

शेयर बिक्री छिटोमा यही मङ्सिर २३ गते र ढिलोमा आगामी पुस १९ गतेसम्मलाई तोकिएको लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ /Wednesday, December 5th, 2018, 2:16 pm