बुधबार पनि बढ्यो सुनको मूल्य

काठमाडौँ, मङ्सिर १९ । साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ५८ हजार ४ सय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ५८ हजार ३ सय रुपैया पुगेको थियो ।

साताको पहिलो दिन आइतबार छापावाल सुन प्रति तोला ५७ हजार २ सय रुपैयामा कारोबार भएको थियो भने सोमबार प्रति तोला २ सयले बढेर प्रति तोला ५७ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य ५८ हजार १ सय रुपैया रहेको महासंघले जनाएको छ ।

मंगलबार तोलामा १० रुपैयाले बढेको चाँदीको मूल्य बुधबार भने ५ रुपैयाले बढेर ७ सय १५ रुपैया प्रति तोला रहेको छ । आइतबार र सोमबार चाँदी प्रतितोला ७ सय रुपैयामा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ /Wednesday, December 5th, 2018, 11:06 am