एशोसियसन र इन्जिनियरहरुको हितको लागि जारी, हाम्रा एजेण्डा लागू गर्न हामी सक्षम छौं

नेपाल ईन्जिनियर्स एशोसियसन (नेइए) को आसन्न ३२ औं कार्यकारिणी समितिको निर्वाचन यहि मंसिर २८ गतेलाई तोकिएको छ । एशोसियनको नेतृत्व गर्न प्रगतिशील तर्फ प्रा.डा. त्रिरत्न बज्रचार्य र लोकतान्त्रिकतर्फ प्रा.डा. हिरेन्द्रमान प्रधानको टिम चुनावी मैदानमा होमिएको छ । प्रस्तुत छ, प्रगतिशील समूह तथा पिनको तर्फबाट उपमहासचिव पदका लागि उम्मेदवार बन्नु भएका इन्जिनियर कपिल आचार्यसँग यहि सेरोफेरोमा रहेर दैनिकीन्युजले गरेको कुराकानीको सम्पादित अंश :

 

तपाई उप महासचिव उम्मेदवार भएर चुनावी मैदानमा हुनु हुन्छ ? तपाईकै अनुभवमा यस पटक नेपाल इन्जिनियर्स एशोसियसन्सको चुनाव र विगतका चुनावमा के फरक छ ?
पहिलोपटक बिधान संशोधन गरेर प्रादेशिक चुनावमा गएका छौं । बिधान संशोधन गर्ने हाम्रो (प्रोग्रेसिभ समुह) को विगतको प्रयास असफल भएको थियो तर, देश संघियतामा गइसकेको अवस्थामा बिधान संशोधन भएको छ र संघीय संरचना अनुसार यहि मंसिर २८ गते चुनाव हुँदैछ ।

प्रदेशमा १५ सदस्यीय समिति, एक जना प्रदेशबाट केन्द्रिय सदस्य निर्वाचित हुनुहुनेछ । केन्द्रमा १८ प्रदेश सहित २५ जोडेर १३० जना नेईए प्रतिनिधिका लागि चुनाव हुँदैछ । पहिले देशभर १५ जनाका लागि मात्रै चुनाव हुनु र अहिले १३० जनाका लागि चुनाव हुनुमा फरक भईहाल्छ ।

अहिले राजनीतिक तरंग पनि फरक छ । पहिले संविधान कस्तो बनाउने भन्ने ढङ्गमा छलफल हुन्थ्यो भने, अहिले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराअनुसार ईन्जिनियरहरु पनि विकास निमार्णको काममा जोडिएका छन् ।

 

प्रगतिशिल समूह पनि अव पिन बनेर एक ढिक्का भएको छ , यसलाई कसरी लिनु भएको छ ?
विगतका लोकतान्त्रिक समुह दुई धारमै रहेर चुनाव लडेको स्थिति थियो भने हाम्रो कहिल्यै त्यस्तो भएन । हाम्राबीचमा पनि कतिपय मतभेद हुन सक्थ्यो, विगतमा कम्युनिस्ट पार्र्टी दुई धार थिए । त्यो दुई धार मिलेर अहिले एक बनेको छ । र विकास निमार्णमा जोड दिएर अगाडि बढेका छौं ।

 

पिनले सार्वजनिक गरेका ३२ बुँदै घोषणा पत्रमा समग्र इन्जिनियरहरु र इन्जिनियरिङ जगतको हित कसरी जोडिएको छ ?
ईन्जिनियरिङ पेशा चुनौतीपूर्ण पेशा हो । कामको सिलसिलामा बिभिन्न दुर्घटना हुन सक्छन् र भएका पनि छन् । त्यस्तो अवस्थामा पिडित पक्षलाई केही राहत जस्तो ब्यवस्था गर्न विगतमा सकिएन् । यसपटक हामीले त्यसलाई सम्बोधन गर्नेगरि सामुहिक बिमाको कार्यक्रम ल्याएका छौं । चुनाव जितेर गएपछि पहिलो बैठकबाट यो निर्णय हुन्छ ।

अर्को कुरा ईन्जिनियरिङ काउन्सीलमा अहिले ४७ हजार ईन्जिनियरहरु दर्ता छन् । तर, नेईएमा २७ हजार दर्ता छन् भने अहिलेको चुनावमा १७ हजार मात्रै मतदाता छन् । यो खालको अवस्था रहेकाले ईन्जिनियरहरुलाई नेईएमा आकर्षण बढाउनुपर्छ । त्यसका लागि पनि हामीले सामुहिक बिमा मार्फत ईन्जिनियरहरुको आर्कषण नेईएप्रति बढ्छ भन्ने विश्वास लिएका छौं । युवा ईन्जिनियरहरुको भविष्य सुरक्षित गर्ने विषय हाम्रो मुख्य मुद्धा हो ।

केन्द्रमा अहिले ३२ औं कार्यकारिणीको चुनाव हो । हामी ३२ वटै एजेण्डाहरु सार्वजनिक गरेका छौं । ती सबै पुरा हुने खालका छन् र पुरा गर्ने दृढता, प्रष्ट आधार समेत सबैका सामु पस्केका छौं ।

 

सबै इन्जिनियरहरुलाई एशोसियनमा आवद्ध गराउन चाहिँ तपाईहरुको प्रयास कस्तो छ ?
हामी नेईएलाई आम ईन्जिनियरहरुको बनाउनका लागि पुनर्संरचना गर्छौ । यसका एजेण्डाहरु, यसले काम गर्ने संरचनाहरु पुनर्संचना गछौं । अहिले बार काउन्सीलको कार्ड लिएर सिंहदरवार छिर्न पाइन्छ तर, नेइएको कार्ड लिएर त पाईन्न । हामी कार्डको भ्यालु बढाउने गरि काम गछौं । तलब÷सुविधाका विषयहरु र हेपिने गरेको जस्ता गुनासाहरु पनि छन् । राहदानी बाड्ने जस्त कुरामा हामी ईन्जिनियरलाई प्रमुख बनाउनुपर्छ भनेका छैनौं तर, कुनै आयोजनाको स्टिमेटको फाईनल स्वीकृत गर्ने काम त ईन्जिनियरले गर्ने होला नि । तर, हाम्रोमा कार्यालय प्रमुखले गर्छ । कार्यालय प्रमुख प्रशासकिय प्रमुख हुन्छ । यो नेपाल ईन्जिनियरिङ ऐन विपरित छ । हामी यसलाई एजेण्डा बनाउछौं ।

अहिले सामान्यतया ब्याचलर गरेको ब्यक्तिले सात लाख रुपैँया सरकारबाट लोन पाउँछ । ईन्जिनियरले म ब्यावसाय गर्छु भन्दा अझ बढि त्यो सुविधा किँन नपाउने ? हामी यो विषयमा पनि छलफल गर्छौ । हुन सक्छ, ५० लाख, २५ लाख ।

अर्को मुख्य एजेण्डा स्टाफ कलेज एण्ड रिसर्च सेन्टर स्थापना हो । हामीले २९ औं कार्यकारिणिको चुनावमा स्टाफ कलेजको विषय उठाएका थियौं अब त्यो मात्रै नभएर स्टाफ कलेज एण्ड रिसर्च सेण्टर भनेका छौं । यो गर्छौं ।

र हाम्रो अर्को विषय – ईन्जिनियर्स हाइड्रो । ४० हजार ईन्जिनियरहरुले सरदरमा दुई लाख मात्रै जम्मा गर्यौं भने करिब ८ अर्व उठ्छ । अरु लोन ब्यवस्था गर्न सक्छौं । हाम्रो महासचिवको उम्मेदवार छविराज पोखरेल नै जलविद्युत लगानी कम्पनीका सिईओ हुनुहन्छ । अध्यक्षको उम्मेदवार त्रिरत्न बज्राचार्य हाइड्रोपावर एक्सपोर्ट हो । म आफैँ हाइड्रोपावरमा संलग्न छु । आर्मीले, पुलिसले आफ्नो स्कुलहरु चलाइरहेको छ । पेट्रोलपम्पहरु चलाइरहेको छ । हामी पनि त्यो गर्न किँन नसक्ने ? जस्तो सिभलि हस्पिटल छ । ईन्जिनियर्स हस्पिटल किँन नहुने ?

 

वर्तमान नेतृत्वले केही गर्नै नसकेको तपाँईको विश्लेण ?
स्थापनाको दिन एउटा कार्यक्रम गर्नुहुन्छ । त्यो दिन केही अनुदान दिन सक्ने मान्छेलाई बोलाउनुहुन्छ । बेलुका पार्टी दिनुहुन्छ । आहा भनिहाल्छ । दुई हजार ईन्जिनियर उपस्थित गराउन त गाह्रो भएन नि । त्यसकारण उहाँहरुको काम प्रभावकारी देखिएन । हामीलाई किन भोट दिने भन्दा, जसले आजसम्म नेतृत्व गर्दै आयो । उसले विगतमा के – के गर्यो भन्ने सबैका सामु छँदैँछ । त्यसकारण उहाँहरुलाई ईन्जिनियरहरुले राम्ररी मूल्याङ्कन गर्नुभएको छ । मैले धेरै भन्नु नै पर्दैन ।

 

यत्ति गरेपछि बेरोजगारी, तलब/सुविधा लगायतका समस्या समाधानका हुुन्छ हैन त ?
चुनाव जितेर गएपछि पहिलो बैठकबाट सामुहिक बिमा कार्याक्रमबारे निर्णय हुन्छ । त्यसपछि श्रम ऐनले तोके बमोजिम ईन्जिनियरहरुको तलब/सुबिधाका विषयमा राज्यसँग पहल गर्छौं ।

तत्काल रोजगारी दिने भन्ने सन्दर्भमा एउटा नेईए कम्पनी छ । त्यहाँ दुई प्रकारका बिज्ञहरु छन् –बिदेशमा काम गरेकाहरु र नेपालमै बसेर काम गरेकाहरु । यो ढङ्गले गर्ईयो भने नेपालमा रोजगराी सिर्जना गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं । अहिले नितिगत रुपमा पनि केहि ठूला कम्पनीको साथ नलिइ साना कम्पनीले काम गर्न नसक्ने जस्तो परिस्थिति छ । त्यसलाई अन्त्य गर्ने र युवा रोजगारी बढाउनेतिर लाग्नेछौं ।

हामीले घोषणा गरेका छौं, अबको दशक पूर्वाधार दशकको रुपमा घोषणा गर्न सरकारलाई दवाव दिन्छौं । एउटा मात्रै मेघा प्रोजेक्ट नेपालमा आयो भने अहिलेको जनशक्तिले पुग्दैन भन्ने छ । कर्णाली चिसापानी आयोजना बनाउनु पर्यो भनेर राज्यले दुई सय ईन्जिनियरहरुलाई पढाउन बिदेश पठाएको थियो । त्यसकारण पुर्वाधार निमार्ण दशकका रुपमा काम अगाडि बढ्यो भने रोजगारीको सिर्जना त भइहाल्छ ।

 

तपाई एक जना इन्जिनियर,आफै आफ्नो मूल्यांकन कसरी गर्नुहुन्छ ?
म ईन्जिनियरिङ पेशामा करिब एक दशकदेखि छु । ब्याचलर गरेँ, मास्टर्स गरेँ । अहिले जलविद्युत आयोजना प्रमुखको रुपमा काम गरिरहेको छु ।

केही सामाजिक संस्थाहरुम पनि आवद्ध छु । यो भन्दा पहिले बिद्यार्थी राजनीनिमा नेतृत्व तहमा रहेर दुई कार्यकाल काम गरेको छु । सामाजिक जागरणका विषयमा पनि आफ्नो धारणा सार्वजनिक गर्ने र आन्दोलनको नेतृत्व गर्ने गरेको छु । र दावाका साथ भन्छु जुन पदमा उठेको छु, जितेर यो पदको गरिमालाई अझ उचो राख्नेछु ।

म कर्म गर्ने फलको आश नर्गर्ने मान्छे हुँ । म यो उम्मेदवार हुन्छु भन्ने ढंगले लागेको होईन । २८ औं कार्यकारिणि निर्वाचन देखि नेईएको चुनावमा सक्रिय छु । र म मलाई लागेको कुरा प्रष्ट राख्छु । हाम्रो टिमले जितेर गएपछि पनि हामीले प्रस्तुत गरेको भन्दा फरक ब्यवहार राख्ने स्थिति आयो भने फरक मत राख्छु । यसलाई कत्तिले रुचाउँदैनन् । तर म यसलाई मेरो योग्यता मान्छु ।

काम प्रतिको दगाव, समाजप्रतिको दृष्टिकोण, हाम्रा मुल एजेण्डाहरु र युवाको विषयवस्तु बोक्न सक्ने र त्यसलाई निश्कर्षमा पुर्याउन सक्ने र साथीहरुको सहयोग नै मेरो जित्ने आधार हो ।

 

चुनावी प्रचारमा कहाँ कहाँ पुग्नुभयो, कस्तो अनुभव गरिरहनुभएको छ ?
चुनावी रफ्तारमा हामी देशब्यापी कार्यक्रम सञ्चालन गरेर काठमाडौं फर्किसकेका छौं । धेरै साथीहरुले चासो राख्नुभएको छ र कुनै पनि हालतमा नेईएलाई परिवर्तन गर्नुपर्छ, सुधार गर्नु आवश्यक होईन भनेर भन्नुभएको छ । सुधारका लागि होईन परिवर्तनका लागि अबको नेईए र नेतृत्व भन्ने कुरा नै आएका छन् र मैले अनुभव गरेको पनि यहि हो ।

 

अन्तमा, चुनावी माहोलको विश्लेषण गर्दा तपाई आफैले आफ्नो दाबेदारीलाई कसरी लिनु भएको छ ?
कुनै भुगोल र जातका आधारमा ईन्जिनियर समुदाय स्वाट्टै मेरो पक्षमा आउँछ भन्ने दावा गर्नु भनेको उहाँहरुको सहि मूल्याङ्कन होइन् । किनभने यो बौद्धिक सर्कल हो । मेरो स्वभाव र सोचाई दुवै फराकिलो छ । समग्रमा मैले भन्ने कुरा त हैन् हजुरहरुलाई नै थाहा छ । कुरा मेरो मात्र हैन् हाम्रो टिमको जित नै सुनिश्चित भएको महशुस गरेको छु । अहिलेको सरकारसँगको हाम्रो सामिप्यताले एशोसियसन र इन्जिनियरहरुको हितको लागि जारी, हाम्रा एजेण्डा लागू गर्न हामी मात्र सक्षम छौं जस्तो लाग्छ र गरेर पनि देखाउछौंं ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ /Wednesday, December 5th, 2018, 9:35 am