सितोरियो करातेमा नेपाललाई २ स्वर्ण र ३ कास्य पदक

काठमाडौं मंसिर ८ । इन्डोनेसियामा जारी १५ औं एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा नेपालले दोस्रो दिनमा थप १ स्वर्ण  र ३ कास्य पदक जित्न सफल भएको छ ।

करातेको ५५ केजी तर्फको खेलमा नेपालका विजय श्रेष्ठले स्वर्ण पदक पाएका राष्ट्रिय खेलकुद परिसदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले दैनिकीन्युजलाई जानकारी दिए । उनका अनुसार दिगम्बर पन्त, अनिश लामा र पर्शुराम बास्तोलाले कास्य पदक पाए ।

यसपछि पहिलो दिनको खेलमा कातातर्फ गणेशबहादुर थिङले स्वर्ण पदक जित्न जितेका थिए । उनले भेट्रान्स एकल कातामा स्वर्ण पदक हात पारेका हुन् । फाइनल खेलमा हङकङलाई ५ शून्यले हराउँदै उनले नेपालका लागि पदक हात पारेको हो । नेपालक लागि भेट्रान प्रतियोगितामा इतिहासमै पहिलो पटक स्वर्ण पदक हात पारेको हो ।

दोस्रो दिनको खेलामा पनि नेपालले स्वर्ण तथा कास्य पदक हातपारेपछि नेपाली खेलाडीहरू उत्साहित भएको अन्तर्राष्ट्रिय रेफ्री एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए । ‘हामी उत्साहित भएका छौँ’, उनले भने, ‘खेलाडीसहित नेपाली टिम खुसी छ ।’

१५ औँ एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय रेफ्री, पूर्व राष्ट्रिय खेलाडी एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मिनकृष्ण महर्जनको नेतृत्वमा मंसिर ४ गते नेपाली खेलाडीहरूको टोली इण्डोनेसियातर्फ गएका थिए ।

इण्डोनेसियाको जाकर्तामा २१ नोभेम्बरदेखि २५ नोभेम्बरसम्म १५ औं एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपको खेलहरु भैरहेका छन् । फोटो मिनकृष्ण महर्जनको फेसबुकवालबाट साभार गरिएको ।

यो पनि पढ्नुहोस

सितोरियो करातेमा नेपाललाई स्वर्ण पदक

कराते टोलीको नेतृत्व गर्दै महर्जन इन्डोनेशिया प्रस्थान

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५ /Saturday, November 24th, 2018, 3:17 pm