‘सीता’ कसैकी आमा हुन्…………

सूर्यको प्रकाशको तेज उति चमकदार भने थिएन । मधुरो प्रकाशमा पनि प्रचण्ड पुत्र प्रकाशको तस्वीर भने चम्किरहेको थियो । मानौ, अहिले नै बोलीहाल्छन् जस्तो । ढोलाहिटी स्थित उनको निवासको गेटैमा टाँगिएको उनको फोटोले जो कसैको मन बिगार्नु स्वभाविक थियो ।

शुभचिन्तकहरुले खचाखच भरिएको उनको स्मृतिसभामा प्रचण्डको स्वर एकाएक रोकियो । ‘सबैको माया र स्नेहले गर्दा मेरो परिवार यहाँ सम्म आइपुग्यो, नत्र पहिला नै बिघटन हुन्थ्यो’ यति भन्न नपाउँदै घुँक्क घुँक्क रुन लागे ।

मलाई ठयाक्कै मेरो आमा बित्नु भएको सम्झना आयो । जतिबेला अस्पताल, आर्यघाट र घरैमा पुगेर सहानुभती, माया देखाउने सबैको अनुहार झल्झली सम्झिएँ । साँच्चै, परिवारको सदस्य गुमाउनुको पीडा अरुले महशुस गदैनन। तर आपतको समयमा सम्झिनेहरु मनैभरी बस्दारहेछन सधैं सधैं ।
प्रचन्डलार्इ त्यो भीड देख्दा त्यस्तै महशुस भयो सायद । त्यही बुझेँ ।

म चाहन्थेँ, प्रचण्ड परिवारको भावभंगी बुझुँ । तर खचाखच भरीएको त्यो ठाउँमा अगाडी के भईरहेको थियो केवल माइकमा सुनेर महशुस गरिरहेको थिएँ । अगिन्तिर सबै उभिएका थिए । पछाडीका सबैले बरु टिभीमा लाइभ हेरेको भए बेस हुन्थ्यो भन्दै गुनासो गरिरहेका थिए ।म पछाडी उभिरहेँ । पछाडीका केहीले मेरो हाईट हेर्दै गिज्याए पनि । पत्रकार साथीहरुले ‘बढ्ने बेलामा बिर्सियौ, अहीले समस्या’ भन्न भ्याए । अगिल्तिरका मान्छे बसिदिए हुन्थ्यो झै लाग्यो । तर, आफुलाई पुगे, देखे, पुगीहाल्छ, नेपालीको बानी यस्तै हो भन्दै चित्त बुझाएँ । मन मन सोचेँ, बरु प्रोजेक्टर ठाउँ ठाउँमा राख्द्या भए हुन्थ्यो ।

त्यसैले मैले प्रकाशका आमा सीता दाहाललाई, पत्नी बिना, सृजना र छोराहरुलाई राम्ररी नियाल्न पाइन । तर त्यहाँको वातावरण एउटा बियोगान्त नाटकमा जस्तो देखिन्थ्यो । बसेको सीटमा कतिपय सुँक्क, सुक्क रोइरहेका देखिन्थे । सबैको टाउको तल झुकीरहेको थियो । सीताको भावविह्ल अवस्था हेर्न सक्ने खालको थिएन ।

लाग्यो, यी बाआमा कति अभागी ! जो आफना प्रिय छोरा र छोरीको श्रद्धान्जलीसभामा उभिनु परयो ।

१७ हजारको ज्यान लियौ । अरुको छोरा मार्यौ । हजारौ परिवार विचल्ली बनायौ । तिम्रो छोरा जस्तै हुन अरुका पनि । यावत गालीहरु प्रचण्डलाई बारम्बार नबर्सिएका होइनन । तर समय र परिस्थिती एकै हुँदैन ।

एक जना माओवादी बाट फर्किएर केही बर्ष बिदेश बसेका व्यक्ति भेटे । स्कुलबाट भागेर युद्धमा जादा अनेकौ चुनौतीबाट ज्यान जोगाएर घर पुग्दा परीवारका कसैले स्वीकार नगरेकोमा दुखेसो गरे । उनले भनेु आमा एकोहोरो रुन्थिन, बा गाली मात्र गर्थे ।’ फुपुको घरमा आश्रय लिन जादा, कसैले बास नदिएको प्रसङ्ग सुनाए । हुन त सबैका आफ्नै रहर, बाध्यता हुन्छन । उनी भने स्कुलमा हुदा माओको बिचारमा प्रभावित भैसकेको बताए । प्रहरी स्कुलमा अध्ययनरत उनी भागेर माओवादी भए ।

हो, प्रचन्ड क्रान्तीमा लागे । आफ्ना पतीलार्इ साथ दिनु या नदिनु उनको नितान्त ब्यक्तिगत मामला हो तर एउटी महिलाले आफ्ना श्रीमानलार्इ आदर्श ठान्छन । उनको पछि लाग्नु स्वभाबिक हो ।

प्रकाशको मामलामा पनि त्यस्तै होला । रहर, बाध्यता जसरी युद्दमा जोडिए पनि । ब्यक्तिगत जीवन सबैको होलान । एउटी आमाले जती नै बदमासी गरे पनि आफ्नै सन्तानको माया मार्नै स्क्दीनन ।

म्याक्सीम गोर्कीको उपन्यास ‘आमा’ पढ्दा एस्तै महसुस गरेको थिए । एउटी आमा क्रान्तिमा लागेका छोरोसग कसरी घुलमिल हुन्छिन, के सहयोग गर्छिन भन्ने प्रस्ट्याइएको छ ।

कसैको सामाजिक, व्यावसायिक जीबन भन्दा पहिला निजि जीवन हुन्छ ।

मैले भने प्रचण्डलार्इ एउटा राजनीतिज्ञ भन्दा कसैका बाउका रुपमा हेरेँ । सिता कसैले आमा हुन । एउटा सन्तानको माया भन्दा ठुलो आमाको लागी के होला र ?

एउटा आफनै घटना सम्झिएँः एकदिन राती अचानक पेट दुख्यो । आमाको नजिकै सुत्थ्यौ म र बहिनी । अरुलाई डीस्टर्ब होला भनेर म उठिन । न त आवाज निकालेर दुख्यो भनें । तर बिहानै आमाले भन्नुभयो, ‘तँलाई के भयो ? रातभरी छटपटाइस’ आमाले मलाइ दुखेको कसरी थाहा पाउनु भयो भनेर म छाँगाबाट खसे झै भए ।

त्यो घटनापछी लाग्यो आमाको हृदय छोराछोरीको सँग कनेक्टेड हुन्छ । छोराछोरीको दुखाइ, पीडा, भावना आमाले बुझन सक्छिन् । चाहे हामी बताउँ या नबताउँ ।

ठ्याक्कै, सीतालाई आमा नै सम्झिएँ आज मैले । मेरो आमा जो छोरीलाई अलिकति पेट दुख्दा पीर लिन्थिन् । महशुस गर्थिन् । सीताले छोराछोरी गुमाउनुको पीडा कसरी भुल्न सक्छिन् ? नीतु घलेको ब्लगबाट

प्रकाशित मिति: मङ्लबार, मंसिर ४, २०७५ /Tuesday, November 20th, 2018, 8:59 am