रोकिएन नेप्सेमा पहिरो, आइतबार पनि दोहोरो अंकले गिरावट

काठमाडौँ, मङ्सिर २ । साताको पहिलो दिन आइतबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार कारोबार बन्द
हुँदा नेप्से १० दशमलब १४ अंकले घटेर १ हजार १ सय ९४ दशमलब ८७ अंकमा आइपुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव २८ अंकले घटेर २ सय ५४ अंकमा पुगेको छ ।

नेप्से घटे पनि यस दिन कारोबार रकममा भने वृद्धि भएको छ, गत बिहिबार कुल १ सय ५८ कम्पनीको ८ लाख २७ हजार ८५६ कित्ता शेयर खरिदबिक्री हुँदा २३ करोड ९८ लाख ६८ हजार १४२ रुपैयाँको कारोबार भएको थियो भने आइतबार १४५ कम्पनीको १० लाख ७९ हजार ४ सय २७ कित्ता शेयर किनबेच हुँदा ३३ करोड ३७ लाख ९६ हजार ९ सय २ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन ट्रेडिङ समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।

यस दिन नेपाल बैंक र एनआइ सी एसियाको सबै भन्दा धेरै कारोबार भएको छ ।

यस दिन सर्बाधिक कमाउनेमा पन्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन्, जसको मूल्य आइतबार २.४४ प्रतिशतले बढेको छ भने एभरेस्ट इन्सुरेन्स कम्निका लगानीकर्ताले १.७४ प्रतिशले कमाएका छन् ।

यस दिन सर्बाधिक गुमाउनेमा समता माइक्रो फाइनान्सका लगानीकर्ता रहेका छन् जसको सेयर मूल्य ८.४९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २, २०७५ /Sunday, November 18th, 2018, 3:21 pm