ओपो एसेवेनको नेपालमा आधिकारिक रुपमा विक्रि शुरु, कति पर्छ त मूल्य ?

ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो एसेवेनको नेपालमा आधिकारिक रुपमा विक्रि शुरु गरेको छ । न्यूरोड स्थित आधिकारिक शोरुम मार्फत् फस्र्ट सेल्स कार्यक्रमको आयोजना गरी अग्रिम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेर नेपाली बजारमा फोन प्रवेस गराएको हो।

ओपोको ब्राण्ड फ्रेण्डका रुपमा अनुबन्धित सुपरस्टार नायिका स्वस्तिमा खड्काले कार्यक्रममा आफ्नो उपस्थिती जनाउँदै अग्रिम बुकिङ गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित एसेवेन हस्तान्तरण गरेकी हुन् ।

बिगर ब्याट्री फोनका रुपमा निकै चर्चा कमाएको प्रिमियम डिजाइन र एआई ईनेबल्ड क्यामेरा सहितको ओपो एसेवेनले ए सिरिजको लोकप्रियतालाई नयाँ उचाई प्रदान गर्ने विश्वास गरिएको छ । उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितब्ययी मूल्यका कारण ए सिरिज सार्वजनिक गरिए देखि नै ओपोकै बेष्ट सेलिङ फोनका रुपमा रहँदै आएको छ ।

एआई २.० सहितको १६ मेगापिक्सेल फ्रण्ट क्यामेरा र ३१ + २ एमपी डुअल रियर क्यामेरा तथा ४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सुसज्जित ओपो एसेवेनले अत्याधुनिक प्रविधि तथा प्राकृतिक देखिने सेल्फी तथा तस्विरकासाथ उपभोक्ताको माया पाउँने विश्वास गरिएको छ ।

कम्पनीले ओपो एसेवेनकोे मूल्य रु. ३५ हजार ७ सय ९० तोकेको छ ।

वाटरड्रप स्क्रिन
ओपो एफनाइनसँगै एसेवेनमा पनि ओपोले प्रकृतिसंग प्रेरित, खस्न लागेको पानीको थोपाझैँ देखिने वाटरड्रप स्क्रिनको प्रयोग गरेको छ । पानीको थोपाझैँ आकारको यही नोट्चमा १६ एमपी फ्रण्ट क्यामेरा र सेन्सर जडान गरिएको छ ।

डिजाइन
ओपो एसेवेनमा प्रयोग गरिएका धातु, कारिगढी तथा ब्याक कभरमा समेत फोनलाई कलाको एक नमुनाका रुपमा प्रस्तुत गर्ने हिसावले डिजाइन गरिएको कम्पनीले बताएको छ । एसेवेनमा प्रयोग गरिएको थ्रीडी थर्मल्लि बेन्ट शिटका कारण फोन पातलो, हल्का र बोक्दा आरामदायी छ । फोनमा प्रयोग गरिएको ग्लास झैँ देखिने कभर र यसमा प्रयोग भएको टेक्स्चर र प्याटर्नले फोनलाई थप आकर्षक लुक्स प्रदान गरेको छ । साथै, फोनमा प्रयोग गरिएको मिडल फ्रेम डिजाइनले यसलाई अझ आकर्षक देखाएको छ । नयाँ फोन कम्पनीले ग्लेरिङ गोल्ड र ग्लेज ब्ल्यू गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ ।

क्यामेरा
ओपो एसेवेनमा एआई ब्यूटिफिकेशन सहित १३+२ एमपी डुअल रियर क्यामेराको प्रयोग गरिएको छ । त्यसैगरी, यसमा जडित एफ २.० एपर्चर सहितको फ्रण्ट क्यामेराले अझ आकर्षक सेल्फी खिच्न सघाउँछ । एसेवेनले वाइड एंगल फ्रण्ट क्यामेराको प्रयोग गर्छ । ओपो एसेवेनमा कम्पनीले नयाँ फिचरका रुपमा एआर स्टिकर पनि उपलब्ध गराएको छ ।

कलरओस ५.२–स्मार्ट एण्ड ईफिसियन्ट एसिस्टेन्ट
ओपोले एसेवेनमा एण्ड्रोइड ८.१मा आधारित कलर ओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ ।

ओपो एसेवेनमा क्वालकम स्न्यापड्रयागन ४५० चिपसेट को प्रयोग गरिएको छ । ६ दशमलब २ इन्च डिस्प्ले रहेको यस स्मार्टफोन ३२ र ६४ जीबी आन्तरिक स्टोरेज भएको भर्सनमा उपलब्ध हुने भए पनि नेपालमा भने ४ जीबी र्याम र ६४ जिबि आन्तरिक स्टोरेज भएको भर्सनमा उपलब्ध हुने ओपोले जनाएको छ ।

यस फोनले २५६ जीबी सम्मको माइक्रो एसडीकार्डको सपोर्ट गर्ने छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५ /Saturday, November 17th, 2018, 8:50 pm