आइफोन एक्स पनि पड्कियो, एप्पलले अनुसन्धान गर्ने !

एप्पलको चर्चित फोन आइफोन एक्स पड्किएको छ । आइफोन एक्स प्रयोगकर्ताले नयाँ सफ्टवेयर अपडेट गरिरहेको बेलामा एप्पलको आइफोन एक्स (iPhone X) पड्किएको हो ।

अमेरिकाको वासिंगटनमा रहेको एक प्रयोगकर्ताले आफूले १० महिनाअघि किनेको आइफोन एक्स सफ्टवेयर अपडेट गरिरहेको बेलामा पड्किएको दाबी गरेका हुन् ।

राहेल मोहम्मद नाम गरेका आइफोन एक्सका प्रयोगकर्ताले सफ्टवेयर आइओएस १२.१ भर्सन अपडेट गरिरहेको बेलामा सो आइफोन पड्किएको बताएका छन् ।

सो आइफोन एक्समा आइओएस १२.१ भर्सन अपडेट भईरहेको थियो र सो आइफोन चार्जमा राखिएको बताईएको थियो।

‘फोनमा अपडेट सकियो र फोन अन हुने बित्तिकै फोनबाट कालो धुँवा आउन थाल्यो आगो बल्यो,’ मोहम्मदले भने ।

मोहम्मदले एप्पलको आधिकारिक रुपमा बण्डलमा नै आउने लाइटिंग केबल र वाल एडप्टरमार्फत आइफोन एक्स चार्ज गरेको दाबी गरेका छन् ।

‘जतिबेला मैले फोन समाएँ त्यसबेला निकै तातो थियो र तत्काल मैले फोन फ्याँले । त्यसपछि फोनबाट धुवाँ आउन थाल्यो,’ उनले भने ।

आइफोन एक्स पड्किए पछी मोहम्मद एप्पलको सम्पर्कमा पुगेका छन र एप्पलले सो बारेमा थप अनुसन्धान गर्नका लागि सो फोन पठाउन भनेको छ ।

आइफोन एक्स पड्किएको र लागेको आगोको बारेमा मोहम्मदले ट्विट गरेपछि एप्पलले त्यसको बारेमा छानबिन गर्ने बताएको छ । त्यस्तै एप्पलले यस्तो गतिबिधि नहुनुपर्ने दाबी गर्दै त्यसमा अनुसन्धान गरि समस्याको समाधान छिटै गरिने बताएको छ ।

एप्पलको आइफोन एक्स युनिट सबैभन्दा धेरै बिक्री भएको आइफोनमध्येमा पर्दछ, र आइफोन एक्स पड्किएको यो नै पहिलो रेकर्ड हो ।

यसअघि सामसंगको ग्यालेक्सी नोट सेभेनमा यस्तै समस्या आएपछि अधिकांश उत्पादन कम्पनीले फिर्ता लिएको थियो ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २९, २०७५ /Thursday, November 15th, 2018, 9:50 pm